काठमाडौं । सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा सेवा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न स्थानमा शाखारहित सेवा विस्तार गरेको छ । बैंकले रामेछापको मन्थली नगरपालिका-१४ फुलासीमा ८४औँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ भने ओखलढुंगाको मोलुङ गाउँपालिका-१ कुन्तादेवीमा ८५औँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।
उक्त शाखारहित सेवासँगै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ । बैंकले फुलासीका वसन्तकुमार लामा र कुन्तादेवीका लालप्रसाद ढकाललाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । शाखारहित सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।
Pokhara plane crash: Analysis of
स्थानीय निर्वाचन ऐन संशोधन गर्न
पालिका चुनाव सार्ने सरकारको बहानाबाजी
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक,
स्थानीय तहको निर्वाचन पर नसार्न
एमसीसीबारे छलफल गर्न झलनाथ खनालको