बाध्यताभित्र रुमलिएका रहरहरू

Read Time = 8 mins
A A- A+

काठमाडौं शहर सझिँदा आखाँ अगाडि ठूलाठूला महल, हरेक भवनसम्मको पक्की बाटो, शिक्षा, स्वास्थ्यमा सबैभन्दा बढी पहुँच र रोजगारीको विभिन्न अवसर भएको ठाउँको प्रतिबिम्ब देखिन्छ । अवसर नै अवसर रहेको यसस्थान चिन्नेकोहरूका लागि सफल सफल जीवन बनाउने ठाउँ हो । अझ छोटो शब्दमा भन्दा काठमाडौंलाई सिक्ने र भविष्यको बाटो तय गराउने ठाउँको रूपमा लिइन्छ । त्यसैले होला मानिसहरूको आर्कषणको केन्दविन्दु रहेको काठमाडौंमा विशेषगरी युवा वर्गको ठूलै जमात देखिने गरेको छ । काठमाडौंको त्यो भीडभाडले बेलाबेला गाउँघर नै रितिएको हो कि भन्ने लागिरहन्थ्यो यस्तै जमातको एक हिस्सामा थिए म पनि ।

स्नातक तहको शिक्षा अध्यन गर्ने क्रममा काठमाडौंको बसाई रोजेर हिँडेकी थिए । काठमाडौंको बसाईले सुरुमा मभित्र नयाँ उमंग छाएको थियो । उमंग छाउनु समान्य नै हो । नयाँ ठाउँ, नयाँ परिवेश र सजिलो जीवनशैलीको अनुभूती जो भएको थियो । सम्भाव्यताको भरिपूर्ण र हरेक कुरामा सुविधा सम्पन्न यस शहर र यहाँका मानिसको जीवनशैली कति सहज र सुखमय जीवन लाग्थ्यो । 

दैनिक एउटै लयमा गहिरहेको जीवनले विस्तारै केही अनौठो महसुस गरायो । मानिसको ठूलो जमातभित्रै एक छाक खान दुई हात जोड्दा सहयोगी हातहरू नपाउँदा आँखाभरि टिलपिलाएर तिनै आँखाका कोषबाट झरेको आँशु मुखको दुई भागबाट भित्र पस्दा त्यो पीडाको दृश्यले भीडभित्र पनि एक्लोपन हुँदो रहेछ भन्ने महसुस भएको थियो मलाई । वर्षायामको झमझम पानीले महलबाट देखिने खुला र सफा वातावरणसँगै रमाउने म । विष्णुमती खोलाको किनारामा बसेका सुकुम्बासीले भोग्नुपरेको बाढीको सास्तीसँग भर्खरै परिचित थिए म । पक्की बाटोको छेउछेउमा घाम र पानि छेक्न टागिएको पालबाट धारा लागेको पानीको थोपाले रुज्न बाध्य परिवारको अवस्थाले महलहरूभित्र पनि भुपडी देख्दै थिए । शिक्षाको पहुँच रहेको यस क्षेत्रमा यत्रतत्र सडक बालबालिका र सुकम्बासी बस्तीको बालबच्चाले धुलो र फोहोरलाई खेलौना बनाई शिक्षा बिनै बाल्यकाल बिताउन बाध्य जीवन देख्दै थिए । यसरी जीवन बिताउन बाध्य रहेका अभिभावकहरूको बालबच्चाप्रतिको उच्च भविष्यका सपनाहरू बाध्यतासँगै बिलिन भएका थिए । जसले जे गरे पनि यो शहरमा कसैलाई कसैको चासो छैन हुनेखानेहरू धनको घमण्ड लगाउँदैछन् भने नहुनेहरू आफ्नो रोजीरोटी टार्न लागिरहेका छन् ।

यतिकैमा शहरको एक कुनाको डेरामा बसिरहेका रामबहादर पुस माघको चिसोमा हातहरू र खुट्टाहरू थर्थरी कमाउँदै चप्पलमा हिँडिरहेकी थिए । एकहोरो भन्दै थिए गाउँको बसाईबाट बिदा भई आफ्नो इच्छा पूरा गर्न शहरतिरको यात्रा तय गरे मलाई थाहा थिएन कि शहर कस्तो छ त्यहाँ आफ्नो इच्छा पूरा गर्न सकिन्छ कि सकिँदैन आदिजस्ता प्रश्नहरू मनमा उब्जिएका थिए ममा । जहिले नाम कमाएर ठूलो मान्छे बन्छु अनिमात्र गाउँ फर्कने भनेर शहरमा प्रवेश गरेकी थिए । शहर प्रवेश गरेपछि सम्पूर्ण चिज भुल्न विवस हुँदो रहेछ । घरपरिवार बिनाको बाच्न केही गाह्रो हुँदो रहेछ । यस्तै खालको शब्दहरू मनबाट बिसाउँदै पढ्ने र ठूलो मान्छे बन्ने सपनाले आएर शहर प्रवेश गरेपछि कलेजको मुख पनि देख्न पाइन्न किनभने बिहान–बेलुका के खाने र घरबेटीको भाडा कसरी जोरजम्मा गर्ने भन्नेमात्र मैले सोच्न थाले । उता घरमा पनि बुढा आमाबा आजसम्म केही गर्न सकिन अझै कति दुःख दिनुजस्तो लागेर यहाँको अवस्थाको बारेका केही भन्न सकिन । यसरी लामो समयदेखि कामको खोजिमा भौतारिएकी थिए । बाटोको पर्चा बटुल्दै उक्त ठाउँसम्म पुगे । कतिपय ठाउँका त जागिर पक्का भन्दै फारमको पैसा भन्दै उल्टै ठग्ने गरे । 

हाल शहरको कुनाकन्दरामा रहेका प्लाष्टिक, फलाम र कागजको डङगुर उठाउने उसको दिनर्चाय भएको छ । यो शहरमा ठूलो प्रयासपछि अरू विकल्प नहुँदामात्र कामको सुरु गरेकी थिए । सुरु–सुरुमा त साह्रै कठिन भयो । फोहोरको गन्ध घर फर्किएपछि पनि नाकमा रहिरहन्थ्यो । पढेर नाम र दाम कमाउने सुन्दर सपनालाई साकार पार्न सकिन । अझै संघर्ष गर्दैछु । अब पैसा कमाएर आमाबुबाका आजसम्म बाध्यता मै रुमलिएका रहरहरू पूरा गर्नु छ भन्दै गाडीको अघिपछि शहरका हरेक कुना–कुनामा फोहोर उठाउन सिठ्ठी फुक्दै हिँडे । 

कुनै पनि काम सानो ठूलो हुँदैन बस हाम्रो आँखाको हेराइमात्र हो । कुनै पनि काम दुई हात जोर्ने माध्यम हुन सक्छ । त्यसैले हरेक कामलाई सम्मान गरौं । सैद्धान्तिक शिक्षाका लागि हिँडेको म जीवनको वास्तविकतासँग नजिकिएर हेर्दा कहालिलाग्दो सपना जस्तो लाग्दै थियो । भौतिक सम्पन्नता भित्रको दुःख र बाध्यताभित्र रुमलिएका रहरहरूको आकारको अवलोकन गर्दै थिए । राजधानीलाई नियाल्दा अवसर र समृद्धिभित्र ढाकिएका कतिपय वास्तविकताले संविधान र यसका निर्मातालाई गिज्याइरहेको छ । आधारभूत आवश्यताको जिम्मेवारी को लिने सरकार कता हराइरहेको छ ? काठमाडौंको वास्तविताभित्र रुमलिएका रहर, बाध्यता र भोगाइहरू अविष्मरणीय यादका पनाबाट ।

React to this post

guest
0 Comments
Inline Feedbacks
View all comments

In case you missed it