काठमाडौं । एलजी मोबाइलको सेवा विश्व बजारमा खासै प्रयोगमा नआएपछि कम्पनीले मोबाइल व्यवसाय नै बन्द गर्ने तयारी गरेको छ । कोरियन टाइम्सका अनुसार विगत पाँच वर्षमा कम्पनीले मोबाइल व्यवसायबाट खासै आम्दानी गर्न नसकेपछि बन्द गर्ने तयारी गरेको हो ।
हालसम्म प्राप्त जानकारीअनुसार कम्पनीले आउँदो अप्रिल ५ गतेदेखि मोबाइल व्यवसाय बन्द गर्नेछ । एलजी अहिले आफ्नो पैसा गुमाउन व्यवसायको संक्रमणकालीन अवस्थामा रहेको छ । जसमा कम्पनीले मोबाइल सेग्मेन्टमा काम गर्ने कर्मचारीलाई अन्य क्षेत्रमा रूपान्तरण गर्ने काम गरिरहेको कोरियन टाइम्सले उल्लेख गरेको छ ।
कम्पनीले सन् २०१५ देखि स्मार्टफोन सेग्मेन्टमा सञ्चालन खर्चसमेत उठाउन सकिरहेको छैन । स्मार्टफोनमा केही उत्पादन उत्कृष्ट हुँदा पनि कम्पनीले सफलता हात पार्न नसकेसँगै अन्य कम्पनीलाई मोबाइल सेग्मेन्ट बिक्री गर्ने तयारी गरेको थियो । यसका लागि कम्पनीले भोल्कस्वागन, भियतनामको भाइनरूप जेएससीजस्ता कम्पनीसँग कुरा चलाएको पनि हो । तर, उक्त योजनाले काम नगर्दा हाल आएर कम्पनीले मोबाइल सेग्मेन्ट बन्दै गर्ने तयारी गरेको छ ।
Health Minister Giri directs prompt
स्थानीय निर्वाचन ऐन संशोधन गर्न
पालिका चुनाव सार्ने सरकारको बहानाबाजी
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक,
स्थानीय तहको निर्वाचन पर नसार्न
एमसीसीबारे छलफल गर्न झलनाथ खनालको