काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले संघको १० औं कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्बर ३० भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको छ । बैंठकले निर्वाचनलाई तोकिएको समयमा व्यवस्थितरूपमा सम्पन्न गर्न परराष्ट्र मन्त्रालयलगायत विभिन्न सरोकारवालासँग छलफल गरी महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल छ महिना थप गर्ने निर्णयसमेत भएको एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले बताउनुभएको छ । बैठकले संघको महाधिवेशन प्रतिनिधिहरूका सम्बन्धमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरूसंँगको परामर्शमा टिओआरसहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावका आधारमा आएका प्रतिनिधिहरूको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय पनि गरेको बताइएको छ ।
एनआरएनए महाधिवेशन प्रतिनिधि सम्बन्धमा आएका गुनासालाई सम्बोधन गर्न संघ सक्षम रहेको र संघको मूल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटोभन्दा छिटो महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको पनि प्रवक्ता क्षेत्रीले बताउनुभएको छ ।
Ukraine expects progress on path
स्थानीय निर्वाचन ऐन संशोधन गर्न
पालिका चुनाव सार्ने सरकारको बहानाबाजी
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक,
स्थानीय तहको निर्वाचन पर नसार्न
एमसीसीबारे छलफल गर्न झलनाथ खनालको