काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरूले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक–पटक औपचारिक तथा अनौपचारिक छलफल भइरहेको जनाएको छ ।
पछिल्लो वार्ता परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग परराष्ट्र मन्त्रालयमा भएको संघले जनाएको छ । उक्त छलफलपछि १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा आयोजना गरिनेछ तथा संघको नयाँ कार्यसमितिको नेतृत्वका लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको भन्दै संघका अध्यक्ष कुमार पन्तले निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।
PM Dahal determined to keep
स्थानीय निर्वाचन ऐन संशोधन गर्न
पालिका चुनाव सार्ने सरकारको बहानाबाजी
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक,
स्थानीय तहको निर्वाचन पर नसार्न
एमसीसीबारे छलफल गर्न झलनाथ खनालको