काठमाडौं । साउथ एसियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा भाग लिएका पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बिबिएस पाँचौँ सेमेस्टरमा अध्ययनरत निकिता शाही नेतृत्वको टोली पहिलो भएको छ । सो समिटमा दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए । टोलीले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको छ ।
शाहीको आठ महिना लामो टेक्सटाइल इन्डस्ट्रिजको अनुसन्धान गरेर समिटमा पेस गरेको रिसर्चले अवार्ड जितेको हो । सन् २०१९ बाट सुरु भएको उक्त समिट यस पटक श्रीलङ्कामा आयोजना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । उक्त प्रतियोगितामा आठवटा टोली सहभागी भएको थियो ।
Rastriya Swatantra Party should remain
स्थानीय निर्वाचन ऐन संशोधन गर्न
पालिका चुनाव सार्ने सरकारको बहानाबाजी
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक,
स्थानीय तहको निर्वाचन पर नसार्न
एमसीसीबारे छलफल गर्न झलनाथ खनालको