काठमाडौं । बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।
‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,' उनले लेखेकी छन् ।
सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।
प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।
एजेन्सी
Pokhara plane crash: Analysis of
स्थानीय निर्वाचन ऐन संशोधन गर्न
पालिका चुनाव सार्ने सरकारको बहानाबाजी
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक,
स्थानीय तहको निर्वाचन पर नसार्न
एमसीसीबारे छलफल गर्न झलनाथ खनालको