भ्वाइसका फाइनलिष्ट आर्यनको खुशी

Read Time = 1 min
A A- A+

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का फाइनलिष्ट आर्यन तामाङको स्वरमा ‘खुशी’ गीत सार्वजनिक गरिएको छ । रचनाकार अशोक खड्काको शब्द र संगीतकार निरोज लामाको कर्णप्रिय संगीत रहेको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । 

गीतको भाव अनुसार भिडियोमा खुशी भन्ने एउटी रचनाकार केटीको खुशीलाई गायक आर्यनले बुझेर स्वीकार गरेको कथालाई देखाउने प्रयास गरिएको छ । जसमा नयाँ कलाकार रोशन कालिकोटे र रविना थिङको अभिनय छ । अशोक खड्काको निर्देशन रहेको भिडियोमा सुशील बानियाको क्यामेरा र सुरेश राउतको सम्पादन छ ।

React to this post

guest
0 Comments
Inline Feedbacks
View all comments

In case you missed it