काठमाडौंं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोटअघि आयोजनास्थल ओमानमा चारदेशीय टी-२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानविरुद्धको टी-२० शृंखला खेल्न लागेको हो ।
तीनवटै टोलीसँग नेपालले एक/एक अन्तर्राष्ट्रिय टी-२० खेल खेल्नेछ । खेलतालिकाअनुसार नेपालले फेबु्रअरी ११ मा ओमान, फेब्रुअरी १२ मा युएई र फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ । ग्लोबल छनोटको समूह ‘ए’ अन्तर्गतका खेलहरू फेबु्रअरी १७ देखि २४ तारिखसम्म हुनेछन् ।
उक्त समूहमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपाली टोली फेब्रुअरी ९ तारिखमा ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।
यसै प्रतियोगिताका लागि नेपालले आफ्नो तयारी तीव्र पारेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबारमात्रै प्रतियोगिताका लागि अन्तिम १६ सदस्यीय टोलीको घोषणा गरेको छ । छनोटमा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलोपटक राष्ट्रिय टोलीमा पर्नुभएको छ । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गर्नुभएको छ ।
नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी हुनुहुन्छ ।
यसैबीच अष्ट्रेलियामा जारी बिग बास लिग टी-२० क्रिकेटमा सहभागिता जनाएर नेपाली कप्तान सन्दीप लामिछाने शुक्रबार राति स्वदेश फर्किनुभएको छ । सन्दीप लगत्तै बन्द प्रशिक्षणमा सहभागी हुनुहुने भएको छ ।
Man sets his wife and
स्थानीय निर्वाचन ऐन संशोधन गर्न
पालिका चुनाव सार्ने सरकारको बहानाबाजी
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक,
स्थानीय तहको निर्वाचन पर नसार्न
एमसीसीबारे छलफल गर्न झलनाथ खनालको