मिलान । साबिक विजेता इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानमा रहँदै पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति भेनेजियामाथि २–१ को पुनरागमन जित निकाल्दै इन्टरले शीर्ष स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी एसी मिलानविरुद्ध पाँच अंकको अग्रता बनाएको हो ।
इन्टर मिलानको जितमा निकोलो बरेल्ला र इडेन जेकोले गोल गर्नुभयो । भेनेजियाका थोमस हेनरीले एक गोल फर्काउनुभएको थियो । खेलको १९औँ मिनेटमा थोमस हेनरीको गोलबाट भेनेजियाले अग्रता लिएको थियो ।
४०औँ मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याउनुभयो । थप गरिएको इन्जुरी समयमा इडेज जेकोले गोल गर्दै इन्टरलाई जित दिलाउनुभयो ।
यो जितपछि शीर्ष स्थानको इन्टरको २२ खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको एसी मिलानको ४८ अंक छ । पराजित भेनेजिया १८ अंक जोडेर १७औँ स्थानमा रहेको छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा हेलास भेरोनाले बोलोग्नालाई २–१ ले पराजित गरेको छ । जिनोआ र उडिनेसले तथा लाजियो र एटलान्टाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
PM Dahal determined to keep
स्थानीय निर्वाचन ऐन संशोधन गर्न
पालिका चुनाव सार्ने सरकारको बहानाबाजी
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक,
स्थानीय तहको निर्वाचन पर नसार्न
एमसीसीबारे छलफल गर्न झलनाथ खनालको